बलात्कार र अत्याचारका सिकार बनेका दुई नेपालीचेली दूताबासको दैलोमा !

 “आफनै मालिकबाट बलात्कार भएकी नेपाली चेलीकी छोरी हुन अर्बिदा”

सुजन के सि

मार्च २२ कुवेत, पूर्व घोषित तिथी अनुसार आज बिहान देखि नेपाली दूताबास कुवेतले आफ्नो कार्यकालको श्रीगणेश गरेको छ । यो ऐतिहासिक दिनको शुरु कुनै उध्घाटन समारोह नगरी स्वर्गिय गिरिजा बाबुलाई सम्बेदना श्रद्धाञ्जली अर्पण गरी गरिएको थियो । दूताबासले आजदेखी सेवादिन शुरु गर्ने खबर पाउन साथ आज पहिलो दिनमै ५० भन्दा धेरै पीडितहरुका  निवेदन दूताबासमा दर्ता भए । ति मध्ये अधिकांश घरेलु कामदार रहेका छन् । 

आज दूताबास खुलेको पहिलो दिनमै  धादिङ कि शान्ति तामाङ् दूताबासमा शरण लिना पुगेकी थीईन । दुई सन्तान कि आमा यि अधबैसे महिलाका आशु  रोकिएका थिएनन । तीन महिना पहिला मात्रै कुवेत पुगेकी यि चेलीका आसुले सबैलाई भाबुक बनाएको थियो । दूताबासका कर्मचारीका सामु आफनो पिडा बताउन साथ दूताबासले उद्वार शुरु गरेको थियो । उनिसँग भएको फोनको आधारमा उनिलाई कुवेत पुराउने दलालको खोज तलासी गर्दै जादा एकजना ईण्डियन महिला सम्म दूताबास पुगेको थियो । दूताबासका कर्मचारीले ति महिला दलाललाई दूताबासमा बोलाई २ दिन भित्रमा नेपाल पठाउने सर्तमा सम्झौता गरि सान्ती तामाङ् को उद्वार गरेको छ । उनी २ दिन पछी नेपाल जादै चन । धन्यवाद नेपाली दूताबास कुवेत लाई 

दूताबासमा न्याय माग्न पुग्नेहरु मध्ये अर्की महिला थिईन सिता सापकोटा – घरेलु कामदारको रुपमा भारतको दिल्ली हुँदै कुवेत पुगेकी सिता आफनै मालिकबाट बलात्कारको सिकार बन्न पुगेकी रहेछन । भगवानको देन भनौ वा भाग्यको खेल त्यो बलात्कारबाट उनी गर्भिणी हुन पुग्छिन र एक असाहय बालिकाको आमा बन्न पुग्छिन, अनी जोडीन्छ कुमारी आमाको नयाँ परिचय   ।

उनीलाई सोही मालिकको घरमा नजरबन्द गरी रखिएको उनी बताउँछिन । बच्चा जन्माएको केही दिन पश्चात ईण्डियन डाईभरहरुको सहयोगमा   उद्वारको झिनो आशा लिएर ईण्डियन दूताबास पुग्छिन । बिडम्बना भनौ त्यहाबाट पनि केही साहारा नपाई २ दिन दूताबासको बाहिर बिताउँछिन । सिताको लागि  भगवानको दूत बनी ईण्डियन दूताबास पुग्नु हुन्छ  समाजसेवी बर्तमान NRNA कुवेतका अध्यक्ष राजेद्र तामाङ्ग वहाँले आफनो घरमा लगी २ बर्षसम्म आमा र बच्चाको पालन पोषण गर्नु हुन्छ । 

कुवेतमा कार्यरत नेपाली समाजका बुद्धीजिवि समाज सेवकहरु मिली सितालाई न्याय दिलाउन अदालतसम्म पुगिन्छ । कुवेत पुलिसले ति अभियोगीलाई थुनेको कुरा पनि सिता बताउँछिन । तर अदालतले बोलाएको बेलामा अदालतमा पुग्न नसक्नु, नेपाली दूताबास सउदी अरबले आवश्यक दस्ताबेज समयमा उपलब्ध गराउन नसक्नु  । उनी दूताबास साउदी अरब प्रति निकै गुनासो पोख्दै उनि थप्छिन कुवेतमा समाज सेवकको नामले चिनिने व्यक्तिको धोखा खडीले गर्दा आफुले न्याय नपाएको ।

उनीसँग भएको भिसाको अवधि सिध्दिए पश्चात उनी गैर कानुनी रुपले बस्न बाध्य हुन्छिन । गैर कानूनी भए पछि पनि उनिले अदालतको ढोका नठोकेकि होइनन । तर एउटी वेसाहारा, अबैधानिक महिलाले वकिलको खर्च कहाँबाट चुकाउनु ? नेपाली समाजका केही व्यक्तिहरुले मुद्दा अदालतसम्म पुर्याइदिएका हुन तर अदालतको लामो प्रकृयासम्म निरन्तर दिन नसक्दा उनी एक्लै पर्छिन । मान्छे भएपछि जीवन धान्न जे पनि गर्नु पर्छ भने झै उनी पनि आफू  र आफ्नो बच्चाको पेटपाल्न के के गरिनन र । उनीले निरन्तर संघर्ष गरि राखिन।   

       कुवेतमा नेपाली दूताबासको स्थापना होला र न्याय पाउँला भन्ने आश लिएकी सिता आज १० बसन्त पार गरेकी छोरी अर्बिदालाई साथमा लिएर दूताबासमा न्याय माग्न पुगेकी थीईन । अर्बिदा स्कुल जान चाहन्छिन तर उनी अवैधानीक भएकोले स्कुल पनि जान सकेकी छैनन् । उनी पढाई लेखाइ गर्ने र बाबु को हो त भन्ने जान्न चाहन्छिन । नेपाली र हिन्दी मिसाएर बोल्ने अर्बिदाको नेपाली दूताबास कुवेतले कस्तो वकालात गरिदेला त ? के नेपालीदूताबास कुवेत र नेपालीहरुले उनीलाई न्याय दिलाउन सक्लान ? उनिको मुद्दा हेरी न्याय दिलाउने दायित्व नेपाली दूताबासको होइन र ? हामी सबै नेपाली मिली अर्बिदालाई स्कुल पठाउने हाम्रो कर्तव्य होइन र ? कहाँ गए ति नेपालीको लागि भनि खोलिएका संघ संस्था ? कस्ले सहयोग गर्ने त यिनलाई ? को हुन त आर्बिदा नेपाली वा ??? के हो त उनको परिचय ? नेपाली आमाबाट जन्मेकी नेपाली चेली हुन भन्नमा त कसैलाई शंका नहोला

Follow

Get every new post delivered to your Inbox.