“लाखौं दियो जलाउने शुभ-कामना मरुभूमिको कोसेलीलाई
शान्ति समृद्ध अनि जनमुखी स्वतन्त्रता सबै नेपालीहरुलाई।”
बालक गुरुङ
गत १९ फेब्रुअरीका दिन मरुभूमिको कोसेली विमोचनको क्रममा नेपाल कुवैत डट कमबाट आयोजित त्रैयमासिक पत्रिका “मरुभूमिको कोसेली”विमोचन कार्यक्रमलाई विशेष रुपमा विश्लेषण गर्नु पर्दा समाजको उन्नतशिल आम व्यक्ति,संरचना,राष्ट र नागरिकहरुका लागि सेवक र कर्तव्यनिष्ट संचारकर्मी एवं व्यक्तित्वहरुको यो प्रसंशनिय अथक प्रयास सेतो सफा पानीमा छर्लङ्ग देखिने रमाई रहेको मनमोहक माछाको रुपमा लिन सकिन्छ। ति दुर्लभ वस्तिहरुमा लडदै-बढदै,अपुर्ण सामाग्रिको विद्यालयमा शिक्षा आर्जन गर्दै तनाबग्रस्त राज्यमा असम्भव रोजगारीको कारणले यो मरुभूमि कै एउटा सानो कुनामा अनि विकशित शहरमा जीवन खोज्न वाध्यतावश आएका संचारकर्मीहरुको यो शिक्षा मूलक अभियानले झनै पारदर्शी मन-मस्तिष्क सावित भएको छ।
विमोचनको लागि व्यवस्थित प्रकृयात थियो नै त्यसमा पनि कुवैतको लागि प्रथम राजदूत श्री मधुवन प्रसाद पौडेल ज्युको प्रमुख आथितित्वले अनि हुबहु संचार तथा साहित्य प्रेमीहरुको उपस्थितीले विमोचन कार्यक्रमलाई महत्वपूर्ण प्रमाणिकरण रहेको पाईन्छ। पुस्तको स्तरियता आफ्नै ठाउँमा छ र पनि पुस्तकसँग जोडीएका साना तिना त्रुटीहरुबारे पाठकहरुले संपादकलाई संकेत गर्ला नै अनि यसको महत्व, आवश्यकता र सुदृढीकरणको लागि बुद्धिजिविहरुले समिक्षा अवश्य गर्लान पक्कै पनि आउँदा अंकसम्म। पुस्तकको मुल्य स्वभाविक छ कुवेत दिनार ५०० फिल्स. पाठकहरु सलवलाइ रहेका थिए एक प्रति किन्न तर मञ्च भित्र लहरै बसेका अतिथिहरुले खरिदको लागि ठूलै धनराशीको साथ चलाएको होडबाजीले कोही सर्वसाधरण तर्सीरहेका थिए भने प्रकाशक एवं प्रबन्धकको लागि बरफ हैन सुनकै असिना सावित भएको थियो र यो होडबाजी प्रकाशक एवं प्रबन्धकको लागि आवश्यकताको विषय नै थियो किनकि यस्ता संरचनाको लागि समय र मेहनतको लगानी त छँदैछ र पाठक समक्ष पुर्याउन धन राशीको पनि उत्तिकै आवश्यकता पर्दछ । अन्यथा जो कोही कसेको शिप, कला र शिक्षा मूलक कृतिहरु विलाशिताको साधन बन्न सक्छ। जे होस्, वधाई छ प्रकाशक एवं प्रबन्धक तथा सम्पूर्ण सञ्चारकर्मी टिमहरुलाई समेत छ।
“मरुभूमिको कोसेली” विमोचन तथा विक्री वितरण कार्यक्रमको विशेषता त थियो नै! मुलतरुपमा उल्लेख गर्नु पर्दा, कुवैतमा पेशारत केही व्यक्तित्वहरुले समयको सांगुरिलो आयतनमा भित्र रहेर पनि विभिन्न क्षेत्रहरुमा विशेष योगदान दिने समाजका श्रष्टाहरुलाई सम्मान एवं पुरस्कृत गरिनुले, “मरुभूमिको कोसेली” तथा नेपालकुवैत.डट.कम ले महत्वकांक्षी एवं अविस्मरणीय इतिहास कोरेको छ। यो वैदेशिक नेपाली प्राङ्गणमा ६ जना विभिन्न कलाकार, साहित्यकार, पत्रकार, समाजसेवी, उत्कृष्ट खेलाडी र कम्प्युटर विधामा दिइएको सम्मानले समाजमा सृजना र विकाशको पथमा अघि बढ्नैपर्छ भन्ने पक्षमा हौसला प्रदान गरेकोछ। उदाहरणको लागि मेरो आफ्नै अभिव्यक्ति राख्न वाध्य छु, यो कुशलकार्यको लागि किनकि हिजोसम्म मेरो विचारहरु उदार, विकाशका धारणाहरु, शिक्षामुलक संरचनाहरु साथिहरुसँग सहकार्य गर्दा पाठक समक्ष संचार पुर्याउँदा यस कुवैत नगरीमा कुनै संघ संस्थाले र निकायबाट सम्मानित हुनेछु भन्ने मेरो मनमा कुनै सोच र पहल थिएन, जुन मरुभूमिको कोसेली-नेपाल कुवैत डट.कम ले दिएको सम्मान उत्कृष्ट साहित्यकार बर्ष पुरस्कार २००९ घोषणा गरि प्रदान गरेको छ। अझ दृढताको साथ भन्नु पर्दा सुक्दै गैरहेको मेरो कलममा मसी भरि दिने काम गरेको छ। यस अर्थमा पनि म मरुभूमिको कोसेलीलाई लाखौं लाख दियो जलाउने शसक्त संचार माध्यमबाट मौलाई रहेको नेपालकुवैत डट.कम.का संचारकर्मीहरुलाई सुवर्ण अवसर मिलिरहोस भनि शुभ-कामना व्यक्त गर्न चाहन्छु। विभिन्न क्षेत्रमा योगदान दिई सम्मान एवं पुरस्कृत हुनु हुने मित्रहरु प्रति आ-आफ्नो भूमिका अझ प्रगाढ र सृर्जनशिल रुपमा अघि बढाउन अनुरोध एवं सहकार्य गर्न चाहन्छु एवं प्रकार मेरा शुभ चिन्तक र सर्वसाधरणहरुमा मैले प्यारो जुन सम्मानित पुरस्कार सबैमा भागबण्डा गर्न चाहन्छु । किनकि हाम्रो शिप, कला, कृति तपाई हामी सबैको साझा सम्पति हो। शुभ-चिन्तक एवं पाठकहरुको माया-ममता र सहयोग बिना संचारका कुनै पनि सामाग्री जनमानसमा पुग्न सक्दैन, मौलाउन सक्दैन, फस्टाउन सक्दैन। अस्तु।
बालक गुरुङ
उत्कृष्ट साहित्यकार बर्ष २००९
पुरस्कार विजेता-कुवैत
Filed under: Uncategorized
नेपालको झन्डा









