कुवेत दुतावासले काम शुरु गर्यो, श्रमले अप्ठ्यारो पार्यो

 तोयानाथ उपेक्षित
नेपाल सरकारको श्रममन्त्रालयले विदेश जान खोज्ने नेपालीहरुलाई अन्धाधुन्ध श्रम स्वीकृती दिने प्रबृतीले एकातिर अधिकारको लडाई शुरु भएको छ भने अर्कातिर दुतावासले अनावश्यक बोझ खेप्न परेको छ । वैदेशिक रोजगार व्यवस्थित गर्न बनेको श्रम ऐनमा दुतावासको कुनै पनि भूमिका नहुने कुराले प्रवासका वास्तविक समस्या विद्यमान कानूनले सम्बोधन गर्न नसक्ने कुवेत स्थित नेपालका प्रथम राजदुत मधुवन प्रसाद पौडेलको तर्क छ । उहाँ भन्नुहुन्छ विगतमा श्रम मन्त्रि रघु जी पंत समक्ष दुतावासको भूमिका श्रम ऐनमा हुन पर्ने कुरा आफुले राखेको तर सकरात्मक प्रतिकि्रया रहे पनि ऐनमा दुतावासको कुनै भुमिका नरहने विध्यमान व्यवस्थाप्रति उहाँले आपत्ति प्रकट गर्नुभयो ।
राजदुत पौडेलले कुवेतमा पाईला राखेको एकसय सात दिन पछाडी आजै अर्थात 22 मार्चका दिन वाट सर्वसाधरणको कामको विधीवत थालनी गरिएको सन्दर्भमा नेपाल कुवेत डट कम सँग कुरा गर्दै राजदुतले भन्नुभयो विगतमा हामीले राम्रो श्रम बजार भएको कुवेतमा नेपाली कामदार झिकाउदा सम्बन्धित सरोकारवालाहरुले दुतावासले तोकेको मापदण्ड पुरा गर्न पर्ने केही विशेष शर्तसहितको फारम ड्राफ्ट गरी स्वीकृतीका लागि नेपाल स्थित श्रम मन्त्रालयमा पठाईएको भएपनि श्रमले स्वीकृती प्रदान गर्न त कता हो बरु त्यसलाई रोकेर राखेकोमा राजदुत निक्कै आक्रसित हुनुहुन्थ्यो । दुतावासलाई वाईपास गरेर यहाँवाट भिषा जाने र श्रमले अन्धाधुन्द मान्छे पठाईरहने कार्यले हामीलाई काम गर्न अप्ठ्यारो पार्छ नै । उहाँ भन्नुहुन्छ समस्या जति दुतावासले हेर्न पर्छ भन्ने श्रमको मान्यता हो भने दुतावासको सुझावहरुले पनि ऐनमा ठाउँ पाउन पर्दैन ? उहाँको प्रतिप्रश्न थियो । महिलाकामदारहरुका समस्याका सम्बन्धमा कुवेत सरकारका निकायमा समेत कुरा राखिएको तर यो समस्याको निराकरणमा यी यी कुरा भए पठाउछु नत्र पठाउन्न भन्ने अधिकार नेपाल सरकारलाई भएकाले यहाँ दुतावास प्रवेश गराउन पर्ने नेपाल दुतावासको माग बाध्यकारी नहुने यहाँका अधिकारीको तर्क राजदुतले सुनाउनु भयो । उहाँ अगाडी थप्नुहुन्छ कुवेत स्थित कार्यरत महिलाहरुको वेचविखन गर्ने एजेन्सीहरु नेपाल सरकारको श्रम मन्त्रालयको बुझाईमा संगठित क्षेत्र हो तर वास्तविकता त हामीलाई थाह छ नी उनीहरु के हुन र के गर्दछन ।
एउटा काममा भनि आएको मान्छेलाई अर्कै काममा नलगाओस भनि दुतावासले तयार गरेका मापदण्डहरु श्रमले स्वीकृत नगरे पनि कुवेत दुतावास सो लागु गर्ने कुरामा प्रतिवद्ध रहेको बताउदै राजदुत भन्नुहुन्छ नत्र काम गर्न सकिन्न आईपर्ने समस्याको जिम्मेवारी पनि श्रमले नै लिन पर्छ । आजै मात्र केही महिलाहरुका उजुरीहरुलाई सुनुवाई गरिएको तथा केही कागजी कामहरु भएको बताउदै राजदुत भन्नुहुन्छ नेपालबाट आएका पुलिस रिर्पोटहरु नै नक्कली पाईए, हामी तिनलाई प्रमाणीत गर्ने पक्षमा छैन । नेपालीहरु ईन्डियाकोबाटो हुदै नेपाल आउन बन्द भएकै हुन त ? भन्ने एक प्रश्नमा राजदुत पौडेलले भन्नुभयो विगतमा नेपालकुवेत डट कम ले प्रकाशित गरेको समाचार पढेपछि हामी मुम्वाईको प्लेन अवतरणका समयमा कुवेत विमानस्थल गयौ र त्यसवाटो हुदै पाँच छ जनाको संख्यामा नेपालीहरु आएको पनि पायौ तर विमानस्थलमा कार्यरत कर्मचारीको बुझाई ईन्डियावाट आएका नेपालीहरु पनि ईन्डियन नै हुन भन्ने रहेछ, त्यसलाई चिर्ने र नेपाल सरकारको परराष्ट्र मन्त्रालयलाई दिल्ली लगायत अन्य ठाउँबाट समेत नेपाली नपठाउन भारतलाई अनुरोध गर्न भन्यौ ।
        स्वर्गिय नेता गिरिजा प्रसाद कोईरालाको शोक मनाउन राखिएको शोक पुस्तिकामा हस्ताक्षर गर्न आएका विभिन्न देशका कुटनितिज्ञ समक्ष बातचितमा राजदुत व्यस्त रहनु भएको थियो भने कर्मचारी दुतावासको टेलीफोन समेत उठाउन नभ्याईरहेको अवस्थामा केही सेवाग्राहीको प्रश्न डट कम लाई आएको थियो, के तपाईहरुले दिएको नं दुतावासकै हो ? उठदैन त ? 
दुतावासद्धारा राखिएको शोक पुस्तिकामा हस्ताक्षर गर्न पुग्नु भएका पत्रकार सुजन केसी का अनुसार उक्त पुस्तिकामा हस्ताक्षर गरी शोक व्यक्त गर्न नेपाली संघ संस्थाका प्रतिनिधी र प्रबुद्ध प्रवासीहरु पुगेका थिए । जसमा पोहिलो हस्ताक्षर एन आर एन कुवेतका अध्यक्ष राजेन्द्र तामाङ, सगरमाथा क्लबका अध्यक्ष किरण पौडेल,बुद्धिजीजवी प्रेम शाह, पत्रकार सुजन केसी लागायत पच्चिस भन्दा बढीले हस्तार गरेका थिए भने दुई सय भन्दा बढी विदेशीहरुले हस्ताक्षर गरेका कुरा दुतावासवाट सुजन केसी ले टेलीफोन सम्पर्कमा बताउनु भयो

Advertisement

2 Responses

  1. thank u for your helping plain we are realy apprecied

  2. CAN YOU GIVE ME FULL ADDRESS FOR NEPAL EMBASSY

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s

Follow

Get every new post delivered to your Inbox.